• २३ वैशाख २०८१, आइतबार

अरिङ्गालले चिल्दा दुईको मृत्यु, एक घाइते

blog

सहदेव बस्नेत

जाजरकोट, असोज २३ गते । जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कुशे गाउँपालिका १ धाउनीका वीर बहादुर सिंहका दुई छोरीको अरिङ्गालले चिल्दा मृत्यु भएको छ भने उहाँ आमा घाइते हुनु भएको छ । 

मृत्यु हुनेमा नौ वर्षीया निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिनुभयो । अरिङालले हजुरआमा बिजुली सिंह घाइते हुनु भएको छ ।