आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग भएको सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिले आवश्यक कागजात अर्थ मन्त्रालयसँग माग गरेको छ ।
पनौती नगरपालिका–९ जाकिडोलका तीन वर्षीय बालक प्रयत्न श्रेष्ठको श्वासनलीमा अड्किएको पेन्सिल (सिसाकलम) शल्यक्रिया गरी निकालिएको छ । धुलिखेल अस्पतालले सफल शल्यक्रिया गरी श्वासनलीबाट पेन्सिल निकालेको हो ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्नुभएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा हुनुहुन्थ्यो ।
कलाकार अक्षरा सिंहको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा ‘ब्युटी अफ नेचर’ शीर्षकमा पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपालका हिमाल, पहाड, रङ्गीबिरङ्गी चरा, मन्दिरको शोभा बढाउने घन्टीलगायत प्राकृतिक सौन्दर्यलाई उहाँले विशाल क्यानभासमा सजाउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नेपाल सरकारको वर्ष दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस) बाट सम्प्रेषण भएका फाइल तस्वीर ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६२.३७ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये असा
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७४.५८ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ९.४२ प्रतिशत कम खर्च हो । लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल ८३ प्रतिशत बजेट खर्च गर्न सफल भएको थियो ।
विराटनगर–७ स्थित कोसी अस्पतालको नवनिर्मित भवनबाहिर मङ्गलबार प्र १–०२–००३ ह ४१०८ नम्बरको सिटी रिक्साको चक्कामा रड अड्कियो । चालकले रडको डङ्गुर छिचोल्दै गुडाएको सिटी रोकियो । केही बेर त्यहाँ सवारी साधनको जाम भयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अहिले संघीयताविरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउनुभएको छ । यसमा प्रतिगमनकारीको षडयन्त्र रहेको उहाँको आरोप छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य भाषिक एकीकरणका नायक भएको बताउनुभएको छ । आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिनुहुँदै उहाँले भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेको उल्लेख गर्नुभएको छ ।
नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ ।
कालीकोट जिल्लाका दुई गाउँपालिका अझै सडक सञ्जालमा जोडिन सकेका छैनन् । कर्णाली नदीमा पुल नभएका कारण पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाका कर्णाली कोरिडोरसँग जोडिन नसकेका हुन् ।
नेपाल पौडी संघले पौडीकी सफल खेलाडी गौरिका सिंहसहित चार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संघले १३औं दक्षिण एसियाली खेलुद (साग) मा सर्वाधिक चार स्वर्ण विजेता गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरेको हो ।
– पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल । – स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रूपमा सम्पन्न भई सङ्घीय र प्रदेश सभाको चुनाव गर्ने सुनिश्चितता भएको छ ।
बुटवलस्थित प्रादेशिक अस्पताल लुम्बिनीले प्लास्टिक सर्जरी सेवा सुरु गरेको छ । यो अस्पतालमा अबदेखि आगोले पोलेको, अनुहारको दाग, खत, कोठी, गिर्खा, ओठ फाटेको, अनुहार र हातखुट्टाको खतलगायतका बिरामीको उपचार हुने भएको छ ।सो सेवा सञ्चालनसँगै सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्पतालद्वारा निर्मित मातृत्व भवन निरीक्षण गर्नुभएको थियो । उहाँले प्रादेशिक अस्पताल सुविधासम्पन्न र सबै सेवा प्राप्त हुने नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।