• ११ असोज २०८१, शुक्रबार

‘तिम्रो खुसी’ लोकार्पण

blog

ललितपुर, असोज २३ गते । गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतिएल्बम ‘तिम्रो खुसी’ लोकार्पण भएको छ ।  लामो समयदेखि उपन्यास विधामा कलम चलाउँदै आउनुभएका ताम्राकारले क्यान्सर जस्तो जटिल रोगलाई जितेपछि केही समययता गीत रचनातर्फ लाग्नुभएको कार्यक्रममा प्रमुख अतिथि पूर्वन्यायाधीश गीतकार कल्याण श्रेष्ठले बताउनुभयो ।

वरिष्ठ गायक तथा हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठले शक्ति बल्लभको ‘खोला वारि खोला पारि पिपल र बर, हावा चल्यो पात हल्यो माया वर वर’ गीत गाएको स्मरण गर्दै अझै पनि शक्ति बल्लभको गीत गाउने इच्छा भएको तर स्वास्थ्यले आँट नगरेको भन्दै साङ्गीतिक प्रस्तुति दिई कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नुभयो ।

एसपी कोइराला, चूडामणि देवकोटाले सङ्ग्रहका गीतहरू गम्भीर तथा सरल प्रकृतिका रहेको बताउनुभयो । कार्यक्रममा एल्बमसँग सम्बन्धित व्यक्तिहरू गीतकार, सङ्गीतकार, गायककार र एरेन्जरलाई सम्मान गरिएको थियो ।