प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपिन सुवेदीसँग संवाद गर्नुभएको हो।
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा गत वर्षको तुलनामा यो वर्ष कम पानी सङ्कलन भएको छ । नेपालबाट वर्षाको मौसम बाहिरिएको र पानी पर्ने क्रम घट्दा जलाशयमा गत वर्षभन्दा कम पानी सङ्कलन भएको पाइएको हो । गत वर्षको तुलनामा यो वर्ष जलाशयमा यही अवधिमा पानीको सतह घटेको हो । नेपालको जलाशययुक्त यस आयोजनालाई जलविद्युत्को महत्त्वपूर्ण ब्याकअपका रूपमा समेत मानिन्छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् ।
नेकपा (माओवादी केन्द्र) ले शिक्षक महासङ्घसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक परिमार्जनका लागि संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबारको संसदीय दलको बैठकले सहमतिलाई संसदीय दलका प्रमुख सचेतकमार्फत संशोधन प्रव्रिmया अघि बढाउने र सोका लागि अन्य दलसँग पनि परामर्श अघि बढाउने निर्णय गरेको हो । दलका तर्फको आधिकारिक संशोधन प्रमुख सचेतकमार्फत लैजाने विषयमा संसदीय दलमा छलफल भएको हो । शिक्षा र विद्युत् विधेयकको संशोधनको विषयमा सोमबार छलफल भएको थियो ।
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । सोमबार प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशनको ३९ औं बैठक बसेर अधिवेशन अन्त्य भएको हो ।
कैलालीमा लोपोन्मुख प्रजातीको सालक फेला परेको छ । घोडाघोडी नगरपालिका –५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्याङ्कीनजिक लोपोन्मुख सालक फेला परेको हो ।
प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षितगरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौँमा सुरु भएको तालिमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभयो ।
कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।
विश्व अपाङ्गता शिखर सम्मेलनमा जाहेर भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बागमती प्रदेश सभाले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
इजरायलमा १० जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न माइतीघरमा दीप प्रज्ज्वलन गरिँदै ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ ।