गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् ।
३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभालाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताउनुभयो ।
जोड्दा जोड्दै दुईटा मुटु कहाँनिर टुट्यौँ थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ । साट्न पनि सकिएन मनका दुःख–सुख न त भैयो एकअर्कालाई छाया दिने रुख न त तिर्खा मेट्यौँ सँगै न थकाइ मार्न जुट्यौँ
खरानी खोस्रेर अगुल्टो ठोसठास पारेर भुतभुते तताउने
तिमीले ओढ्ने नीलो आकाश मेरो पनि हो महसुस गर्ने शीतल बतास मेरो पनि हो । मेरो मेरो भन्छौ सबै सामूहिक कुरा पनि तिम्रो मात्र हैन जनाव मेरो पनि हो ।
आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
१०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११औँ पटकको अभियान जारी छ। अभियान सञ्चालन भएको पाँचौँ दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार पाँचौँ दिनसम्म पाँच लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीलाई प्रशासनको प्राङ्गणमा उभ्याई राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो।
कालीकोट जिल्लाको सदरमुकाम मान्म कोटदरबारदेखि नरहरिनाथ गाउँपालिका–१ को कोटवाडास्थित सुनथराली विमानस्थलसम्म केबलकार निर्माण हुने भएको छ । मान्म कोटदरबार–सुनथराली केबलकारका बारेमा २०६४ सालबाट बहस भए पनि १५ वर्षपछि लागत अनुमानसहित प्राविधिक प्रतिवेदन तयार भएको छ । सो प्रतिवेदन सार्वजनिक गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ। २०७४/७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण हालसम्म पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७८ साउनदेखि कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको हो ।
लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बुधबार बस्यो। दिउँसो १ बजे बसेको उक्त बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन’सम्बन्धी पत्रहरू पढेर सुनाउनुभएको थियो। लुम्बिनी प्रदेश सरकार तीन पटक विस्तार गरिएको छ। पुस २८ गते तीन सदस्यीय, माघ २८ गते थप सात मन्त्री र फागुन ७ गते थप एक नयाँ मन्त्री नियुक्त गरिएको थियो।
छाडा चौपायाबाट बाली जोगाउन यहाँका कृषक खेतमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हिउँदे बालीका रूपमा कृषकहरूले लगाएको गहुँ बालीलाई छाडा चौपायाबाट जोगाउन वाणगङ्गा नगरपालिका–५ का झन्डा, बैकुण्ठपुर, सातमाने, लोरी बगिया, खुटेनी, मधैलियालगायत गाउँमा अस्थायी छाप्रो बनाएर जाग्राम भई बस्ने गरेको कृषक छविलाल खनालले बताउनुभयो।
वन डिभिजन कार्यालय बाँकेले वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य सुरु गरेको छ। डिभिजन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताउनुभयो।
धवलागिरि गाउँपालिका–२, लुलाङका वडाध्यक्ष अकप्रसाद विकको झोलामा वडाको छापलगायत सरकारी कागजात कहिल्यै टुट्दैनन्। वडाध्यक्षले सबैको सेवा गर्नुपर्ने भएकाले नियमित रूपमा वडा कार्यालयमा बसेर सेवा दिन नसक्ने भएकाले सेवाग्राही जहाँ भेट्यो, त्यहीँ सेवा दिँदै आउनुभएको छ।