• १३ असोज २०८१, आइतबार

दसैँ नजिकिएसँगै बजारमा बढ्यो चहलपहल (फोटो फिचर)

blog

दसैँको आगमनसँगै राजधानीको असन क्षेत्रमा देखिएको सर्वसाधारणको भिड । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज २२ गते । चाडपर्व नजिकिएसँगै बजारमा मानिसहरूको चहलपहल बढेको छ । काठमाडौँको न्यूरोड, असन लगायतका बजार क्षेत्रमा मानिसहरूको भिड बढेको छ ।

यसले पनि अब दसैँ नजिकियो भन्ने लाग्छ । दसैँलगायतका चाडवर्पहरु नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भिड सामान्यभन्दा बढी देखिएको हो ।