काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबिच निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउन सम्झौता भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा सडकमा एक्कासि आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनुभएको छ ।
चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता हुनुभएको छ ।
सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको निधन भएपछि घरका सदस्य तथा आफन्तमा रुवाबासी चलेको छ । गाउँ नै शोकमा डुबेको छ
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ ।
नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।
कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धी सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताउनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीको मुटुमा पर्ने वीरेन्द्रचोकको चौतारीको इतिहास मेट्ने काम गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।
संसदीय समितिले गैरकानुनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ ।