नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ बरामद गरेको छ ।
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
बाँकेको खजुरा गाउँपालिकामा गाई र भैंसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ ।
नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदैआएको निषेधाज्ञाको समय पनि घटाइएको छ ।
चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ ।
इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ ।
शनिबार अपराह्नतिर डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो ।
इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको छिटो उद्धार होस् भन्दै टीकापुरमा विद्यार्थीले मौन र्याली निकालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भए पनि मनोवल बढ्ने आशा जगाएको बताउनुभएको छ ।
गौरादह नगरपालिका –२ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह –१ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुग्नुभएका पाण्डेले अगाडि भन्नुभएको छ, “साइरनको त्यो ठूलो आवाजले सातो जान्छ ।
भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाईबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठग बहादुर विकको कुटाइले तीन महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।
प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।
मलद्वाराभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट लागू औषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।