• २० असार २०८१, बिहिबार

ज्येष्ठ नागरिकलाई घरमै उपचार

blog

गुणबहादुर रोका

सुलीकोट, असोज २३ गते । गोरखाको भिमेसन थापा गाउँपालिकामा  स्वास्थ्यकर्मीले घर–घरमा गएर स्वास्थ्य परीक्षण गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने ज्येष्ठ नागरिक, अशक्त र अशक्त बालबालिकालाई निःशुल्क चेकजाँच सेवा सुरु गरेका हुन् ।   

पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अशक्त र अशक्त बालबालिकाको अवस्था थाहा पाउन साथै समयमै समस्याको पहिचान गरी उहाँलाई सुगर प्रेसरलगायतका स्वास्थ्य सेवा दिन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । 

यही १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सुरु भएर अहिलेसम्म पालिकाको ११७१ जनाको स्वास्थ्य उपचार गरेको छ । जसमा ६८९ महिला र ४८२ जना पुरुषको चेकजाँच गरिएको भीमसेन पालिकाका स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।  

त्यस्तै, अर्का महिला ७५ वर्षीय ज्येष्ठ नागरिक रत्नकुमारी श्रेष्ठले आफू सुँगुर, प्रसेर, दम र नसा रोगको बिमारी भएकाले भनेको बेला अस्पताल जान सक्ने अवस्था थिएन । हामीजस्ता उमेर पुगेका नागरिकका लागि ध्यानमा राखेर भीमसेन गाउँपालिकाले घर–घरमा महिनाको एक चोटि स्वास्थ्यकर्मी चेक जाँचले निकै राहत मिलेको छ उहाँले भन्नुभयो । 

त्यसैगरी अर्का ६७ वर्षीय बोलाङका महिला हिरा श्रेष्ठले पनि महिनाको एक पटक स्वास्थ्यकर्मीको टिम घरमै आएर सुगर, प्रेसर लगायत विभिन्न रोगको चेकजाँच गरी अमिलो चिल्लो पिरो नखान सल्लाह दिँदै आफूसँग भएको औषधि दिएर उहाँहरूले सहयोग गरेको बताउनुभयो ।

गत साउन महिनादेखि असोजसम्म सेवा लिनेहरू वडा १ मा ज्येष्ठ नागरिकले १६९१, वडा २ मा १८५२ जना, वडा ३ मा १२७१ जना, वडा ४ मा २३१३ जना, वडा ५ मा ८०८ जना, वडा ६ मा १८४१ जना, वडा ७ मा १८५३ जना, र वडा  ८ मा ११०३ जनाले सेवा लिएको खनालले बताउनुभयो ।