• १३ मंसिर २०८१, बिहिबार

घाइते अजिङ्गरको उद्धार

blog

किसानको खेतमा पुगेको अजिङ्गर । तस्बिर : लक्ष्मण उपाध्याय

अविनाश चौधरी

धनगढी, असोज २३ गते । कैलालीको टीकापुरमा आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ । 

सर्प उद्धारकर्मी लक्ष्मण उपाध्याय र दुर्गा बुढामगरले अजिङ्गरको उद्धार गरेर सुरक्षित स्थानमा लगेका हुन् । आहारा खाएर अजिङ्गर किसानको धानखेतमा बसेको थियो । ‘धान काट्ने क्रममा पावर ट्रिलरले लागेर सर्प घाइते भएको थियो । घाइते अजिङ्गरको उद्धारपछि उपचार गरेर टीकापुर प्रहरी र वन कर्मचारीको सहयोगमा वन क्षेत्रमा छोडिएको छ’ उपाध्यायले जानकारी दिनुभयो ।