रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।
स्थानीय सरकारले नदीजन्य वस्तु गिट्टी, बालुवा र ढुङ्गाको रोयल्टी महँगो तोकेको भन्दै ठेकेदारले टेन्डर नै नदिएको बताइएको छ । गत वर्ष ११९ रुपियाँप्रति घनमिटर दर कायम भएको थियो । चालु आर्थिक वर्षमा २३९ रुपियाँ प्रतिघनमिटर भएपछि ठेकेदार कम्पनीले ठेक्का लिन नसकेको गुनासो गरेका छन् । आव २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक विधेयकमै नदीजन्य पदार्थको रोयल्टी निर्धारण गरेपछि सोही आधारमा स्थानीय तहले ठेक्का प्रव्रिmयाबाट काम थालेका हुन् ।
यात्रुको चाप बढ्ने समयमा स्थानीय यातायात व्यवसायीको मनपरी यसपालि पनि देखिन थालेको छ । दसैँतिहार, नयाँ वर्ष वा अन्य कुनै बेला पनि यात्रु केन्द्रित समयमा यातायात व्यवसायीले मनपरी भाडा असुल्ने र यात्रुमाथि पशुको जस्तै व्यवहार गर्ने गरेका छन् । काठमाडौँबाट कालीकोट आउने यात्रुले जुम्ला पुग्न टिकट लिन बाध्य बनाइएको छ । यातायात व्यवसायी तथा टिकट काउन्टरका कर्मचारीले यस्तो बाध्यता सिर्जना गरेका हुन् । लामो दुरीका सुर्खेत, कालीकोट, जुम्लाका लागि छुट्ने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।
कर्णाली प्रदेश सरकारलाई भू–उपयोग नीति हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो । भू–उपयोग नीति, योजना तथा निर्देशिकाका बारेमा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले सङ्क्षिप्त जानकारी दिनुभयो ।
चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकायहरूले समन्वयात्मक रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नरहरिनाथ वन विज्ञान क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्ने तयारी गरिएको छ । पश्चिम सुर्खेतको चौकुनेस्थित प्रस्तावित नरहरिनाथ वन विज्ञान क्याम्पसको पूर्वाधार निर्माणका लागि डिपिआर संशोधन गर्न लागिएको हो । नयाँ लागत मूल्य, केही योजना परिमार्जनसहित पूर्वाधार निर्माणको कामलाई अघि बढाउन डिपिआर संशोधन गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विकले यो वर्ष नै डिपिआर संशोधन गरिने बताउनुभयो । उहाँका अनुसार डिपिआर अद्यावधिक गर्दा नयाँ लागत मूल्यको निर्धारण हुने छ । त्यसका लागि पालिकाले समेत केही बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाई रहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चूँ क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताउनुभयो ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन सोमबारदेखि अन्त्य भएको छ । यस बजेट अधिवेशनमा ३९ वटा बैठक बसेका छन् । उक्त बैठकमा प्रदेश सभा सदस्यको उपस्थित हेर्ने भने न्यून देखिन्थ्यो । सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्यमा जाजरकोटका राजीवक्रिम शाह रहनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार उहाँ ३९ वटा बैठकमा छ दिन मात्रै उपस्थित हुनुभएको छ ।
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि यसबारे छानबिन सुरु भएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनले हकभोगमा ३० बिघा १४ कट्ठा १४ धुर जमिन रहेकोमा हदबन्दीका कारण २०२२ पुस २० मा हदबन्दीभन्दा धेरै जमिन मन्दिरका नाममा दिनुभएको थियो । निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबिच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार साबित हुनुभएको थियो ।
इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही पनि काम हुन सकेको छैन । भा
सुवास विकको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार रहेका अरुण विकलाई प्रहरीले पक्राउ गरेको छ ।
घरपझोङ गाउँपालिका हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम हो । यस गाउँपालिकाको प्रमुखमा २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मतसहित मोहनसिंह लालचन निर्वाचित हुनुभएको थियो । स्थानीय सरकारको प्रमुखका रूपमा निर्वाचित लालचनसँग गोरखापत्र दैनिकका लागि म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी :
विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो । राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु¥याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ ।