पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसद्का महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ ।
सुदूरपश्चिम प्रदेशस भाबाट शोक प्रस्ताव पारित भएको छ । इजरायलमा १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै आज बसेको प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रनारायण यादव र राधा कुमारी यादवको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा एउटा गैडा मृत अबस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक कारणले गैंडाको मृत्यु भएको हो ।
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र तस्करलाई ठेगान नलगाई विश्राम नलिने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।
इजरायलमा अलपत्र परेका नेपालीलाई बिहीबार साँझ नेपाल ल्याइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताउनुभएको छ ।
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रुपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताउनुभएको छ ।
पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।