शालिग्राम नेपाल
चितवन, असोज २४ गते । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक कारणले गैँडाको मृत्यु भएको हो ।
निकुञ्जको खोरियामुहान पोष्टनजिक भेल्लर घारीमा एक आपसमा जुधेर मृत्यु भएको पाइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सुरक्षाका लागि गस्ती गर्दा टोलीले फेला पारेको थियो । मृत गैँडा २५ वर्षको पोथी रहेको छ । आइतबार मरेको गैँडाको विवरण कार्यालयले बुधबार जानकारी दिएको हो । चालू आर्थिक वर्षमा विभिन्न कारणबाट मर्ने एक सिङ्गे गैँडाको सङ्ख्या ५ पुगेको कार्यालयका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।