बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा संस्थागत रूपमा मात्रै चार लाख तीन हजार ६४१ जना नेपालीले वैदेशिक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । बर्सेनि यो सङ्ख्या बढिरहेको छ । पचासौँ लाख नेपाली कामका लागि विदेश गएका छन् । ती युवा हुन् । देश बनाउने शक्ति हुन् ती । तिनमा ज्ञान, सिप छ । नभए बलिष्ठ पाखुरा छन् । राष्ट्र निर्माणको बलियो स्रोत युवा जनशक्तिलाई विदेशमा श्रमका लागि पठाएर विप्रेषण ल्याए भनी देशले गर्व गरिरहेको अवस्था छ । तीव्र
नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को केन्द्रीय कार्यालय र त्यसको विश्वविद्यालय विद्यापीठ दाङको बेलझुन्डीमा छ । नेसंविको केन्द्रीय कार्यालयको मूलगेटमा एक वर्षमा आठ महिना जति ताला झुन्डिएको हुन्छ । प्रशासनिक भवनको मूलढोका, त्यहाँ नभए उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवका कार्यकक्षमा त निश्चित रूपमा नै ताला लगाइएको हुन्छ । केही वर्षयता त तालाबन्दी गर्न विश्वविद्यालय सेवा आयोग कार्यालयसमेत थपिएको छ । त्यसैले आजभोलि नेसंविलाई दाङतिर नेसंवि भन्दैनन् र बेलझुन्डीलाई पनि बेलझुन्डी भन्दैनन् । नेसंविको नाम तालाबन्दी विश्वविद्यालय र बेलझुन्डीलाई तालाझुन्डी भन्ने गर्दछन् ।
नेपाल राष्ट्र बैङ्कले सेयर कर्जा र घरजग्गा कर्जामा अपनाएको लचकताको सकारात्मक असर सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो तर सो नीतिपश्चात् कारोबार भएको दिन गत आइतबार नै सेयर बजार परिसूचकाङ्कमा ठुलो गिरावट आयो । लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको सेयर धितो कर्जाको व्यवस्थालाई स
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हक सुनिश्चित गरिएको छ । यस धारामा “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ भन्ने उल्लेख छ ।” यसै गरी संविधानको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अ
समावेशीकरणको दिशामा एउटा फड्को:गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
हरेक नागरिकलाई जागरुक, कर्मठ, सक्षम, इमानदार र सहिष्णु बनाउन र बन्न शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि विद्यालय पहिलो र महìवपूर्ण थलो हो । विद्यालय शिक्षाबाट नै हरेक व्यक्तिले आफ्नो भविष्यको बाटो तय गर्न सक्दछ भने उसको व्यक्तित्व विकासको सुरुवात पनि हुन्छ । यसर्थ मुलुकको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने, समाजमा सहिष्णुता कायम गर्ने, विकासनिर्माणदेखि शिक्षा, स्वास्थ्य, समानता, भाइचारालगायतका यावत् सामाजिक संरचनालाई उच्च किसिमबाट अगाडि बढाउने आधार पनि विद्यालय नै हो ।
नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
जिल्लाको सबैभन्दा ठुलो फाँट झिमरुकमा यति बेला किसानहरू धान काट्ने र भिœयाउने चटारोमा देखिन्छन् । किसानलाई केही वर्षयता मेसिन, औजारको सहयोगले धान भित्र्याउन पाउँदा सहज भएको छ । दसैँतिहार जस्ता चाड नजिकिइसकेकाले जति सक्यो छिटो खेतको काम सकेर आनन्दले चाडपर्व मनाउने सोचमा किसान रहेका छन् । प्युठान नगरपालिका–४, जिवारका आशिष कार्कीले थ्रेसर मेसिनबाट धान भित्र्याउँदा छिटो र लागतसमेत घटेको बताउनुभयो । “मानिसले काम गर्दा दिनभर लाग्थ्यो,” उहाँले भन्नुभयो, “मेसिनबाट एकैछिनमा सकियो ।” मेसिनबाट धान झाँट्दा लागतसमेत आधा कम भएको उहाँको भनाइ छ ।
दसैँतिहार र छठसम्म सरकारले सरकारी स्वामित्वको निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने चामलमा छुट दिएपछि बिक्री बढेको छ । सरकारी अनुदानले प्रतिकिलो चामलमा सात रुपियाँ घटेपछि उपभोक्ता चामल लिन लाइन लाग्न थालेका छन् । असोज २१ गतेबाट अनुदानमा वितरण हुन थालेको जिरा मसिनो चामल चार दिनमा दुई सय क्विन्टल बेचिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म शाखाका वितरक कर्णप्रसाद आचार्यले चार दिनमा दुई सय क्विन्टल चामल वितरण भएको बताउनुभयो । प्रतिकिलो सात रुपियाँ घट्दा २५ किलो चामलको बोरामा साबिकको मूल्यभन्दा १७५ रुपियाँ कम हुँदा उपभोक्ता खुसी पनि भएका छन् ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।
गायक आशिष सचिनको ‘घिन घिन मादल घिन’ बोलको गीतको सार्वजनिक भएको छ । सचिनसँगै गायिका बेनिसा पौडेलको स्वर रहेको गीतमा स्वयम् गायक सचिन र मोडल सनिसा भट्टराईको अभिनय रहेको छ । गीतमा सङ्गीतकार दीपक शर्माको शब्द तथा सङ्गीत दिनुभएको छ ।
अभिनेतृ रेखा थापाको निर्माण र अभिनय रहेको चलचित्र ‘उपहार’ माघ २६ गते प्रदर्शन हुने भएको छ । ‘उपहार’ तीन महिला पात्रको कथामा निर्माण भएको चलचित्र हो । यसअगाडि नयाँ वर्षमा प्रदर्शन हुने भनिएको चलचित्र अहिले माघमा सारिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ ।