स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।
इजरायलमा अलपत्र परेका नेपालीलाई बिहीबार साँझ नेपाल ल्याइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताउनुभएको छ ।
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रुपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताउनुभएको छ ।
पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।
चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरू एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ ।
गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३३ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ ।
तनहुँमा एक महिला उद्यमीले थोरै जमिनमा लगाइएको पिँडालु खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौली हुनुहुन्छ ।