चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरू एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ ।
गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३३ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ ।
तनहुँमा एक महिला उद्यमीले थोरै जमिनमा लगाइएको पिँडालु खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौली हुनुहुन्छ ।
चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।
म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा ६ लाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । म्याग्दी नदीमाथि निर्माण गरिएको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठुला पूर्वाधारहरू नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन ।
टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजरायल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताउनुभएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ ।
बर्दिबासको वडा ३ गौरीडाँडामा दोस्रो वडा कप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा नगर क्षेत्रका १४ वडामध्ये १३ वडाबाट १४ टिमले भाग लिनेछन् ।
खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।
जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ ।
दाङ उपत्यकाको ग्वार खोलामा पुल नबन्दा आवत–जावतमा स्थानीयलाई समस्या भएको छ । तीन जिल्ला जोड्न सडक खण्डमा पुल नहुँदा यात्रुलाई समस्या भएको स्थानीयको भनाइ छ । ग्वार खोलाको रोल्पा दाङ सडकखण्डको रुन्टीगढी गाउँपालिका वडा ८ को रानीवास क्षेत्रमा पुल नहुँदा यात्रा गर्न समस्या भएको छ ।