आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ ।
भोलि (शुक्रबार) बाट नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आयुष मन्त्रालयको सहयोगमा फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभएको छ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।
कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा आज (बिहीबार) ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरिएको छ ।
आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत जित्नै पर्ने अन्तिम खेलमा नेपालले घरेलु टोली युएईलाई एक सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।
हात्तीको आक्रमणबाट जितपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय गापाङ दर्लामी रहेको बारा प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट बुधबार साँझ दर्लामीको घटनास्थलमा मृत्यु भएको हो।
आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताउनुभएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि नेपाललाई घरेलु टोली युएईले दुई सय आठ रनको मध्यम लक्ष्य दिएको छ ।
मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् ।
सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् ।
राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौंमा थप पाँच स्थान तोकेको छ ।
नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुग्नुभएको छ।