रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजरायलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताउनुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गर्नुभएको छ ।
कपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बर्दियाको बबई नदीस्थित जब्दीपुलको काम दुई तीन महिनामा सुरु हुने बताउनु भएको छ ।
उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ ।
आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।
धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित हुनु भएको छ । अन्य पदाधिकारीहरू समेत सर्वसम्मत हुनुभएको हो ।
भ्रष्टाचार अभियोगमा दोषी ठहरिनुभएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना तोकिएको छ ।
पाँचथर जिल्ला अस्पतालमा बुधबार पहिलो पटक बिरामीको डायलासिस गरिएको छ । डा. गणेश बनेको टोलीले फिदिम नगरपालिका–१० का ४४ वर्षीय जयबहादुर तावाको डायलासिस गरेको हो ।
मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए/गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो ।
कैलालीका विभिन्न नदीमा पाइने घडियाल गोहीको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको घडियाल विगतका वर्षभन्दा यो वर्ष बढी नै सङ्ख्यामा देखिएको सम्बद्ध अधिकारीले बताएका छन् । यो वर्ष जिल्लाको पूर्वी क्षेत्रका नदी तथा धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँ भएर बग्ने मोहना नदीमा घडियाल गोही देखा परेका छन् । एचगाउँ मोहना नदीको माथिल्लो तटीय क्षेत्र हो ।
मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलोदिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गर्नुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । डेंगीका कारण उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ ।
रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।