सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे) अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दोस्रो अधिवेशनको अन्त्य गर्नु भएको हो ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ ।
इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।
सांसदहरूले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड पुगेका र स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजश्व छुटको सिफारिस दिन अनुरोध गरेको छ ।
प्रतिनिधि सभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले दूरसञ्चार सेवा शूल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीव्रता दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको नेतृत्वमा बिहीबार हेटौँडा आसपासका एक दर्जन बढी माछामासु पसलको अनुगमन गरिएको हो ।
सांसदहरूले दूरसञ्चारलाई गुणस्तरीय बनाउनेतिर नियमनकारी निकायले ध्यान नदिएको गुनासो गरेका छन् । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्नुहुँदै सांसदहरूले यस्तो बताएका हुन् । उनीहरूले सरकारी संस्थानले पनि कसैको नियन्त्रणमा नभए हुन्थ्यो भन्ने कुराले थप आशङ्का उब्जिएको बताए ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
दसैँ र तिहारजस्ता ठुला चाडपर्वहरू नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली चाडपर्व मनाउन नेपाल फर्किने क्रम हाल आएर बढेको छ ।