कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेस भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्नुभएको हो ।
संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको छ ।
कुश्मा नगरपालिकाले नागरिक समाजको व्यापक दबाबपछि तीन महिना ढिलागरी असोज १० गते नगर सभा सम्पन्न गरी कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो ।
निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताउनुभएको छ ।
सुदूरपश्चिममा पहिलो पटक प्रदेशस्तरीय बालिका सम्मेलन सम्पन्न भएको छ । बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई उनीहरूको भूमिका र दायित्व बोध गराउन सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।
हमासले इजरायलमाथि आक्रमण गरेपछि जर्मनीले इजरायलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ नयाँ विषयमा सोधपुछ गरी जानकारी हाँसिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् ।
भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयौँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
नेपाल विकास अध्ययन संस्थाको आयोजनामा धनकुटाको टुँडिखेलमा एक दिने दिगो पुनः एकीकरण मेला हुने भएको छ । असोज २७ गते शनिबारका दिन एकदिने दिगो पुनः एकीकरण मेला हुन लागेको हो ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी आजबाट धनगढीमा सुरु भएको छ ।
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयलाई कारबाही गर्ने तयारी गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामूहिक प्रयासमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।