• २२ असार २०८१, शनिबार

भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

blog

नयाँदिल्ली, असोज २५ गते । भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयौँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेसनमा बुधबार राति दुर्घटना भएको हो ।

स्थानीय सञ्चार माध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताउनुभयो । उहाँका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी केन्द्रीय अनुसन्धान ब्युरोले जाँच समेत गरिहरेको छ ।

यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठुलो रेल दुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो । रासस/सिन्ह्वा