स्याङ्जाको अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री गर्ने गरेको पाइएको छ । यहाँका व्यपारीहरुले कमाऊ धन्दा चलाउँदै उपभोक्तालाई अखाद्य सामाग्री विक्री गरेको पाइएपछि मानव स्वास्थ्य माथि खेलबाड गरेको भन्दै जरिवाना गराइएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कौसीद’ मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा सङ्गीत पनि आशिषले नै तयार पार्नुभएको हो । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उहाँहरूको फिल्मी परिवारलाई देखाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको चलचित्रमा रुपेश दाहाल, परिक्षितविव्रmम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।
वराहक्षेत्र नगरपालिका–९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरी गाउँमा प्रविधिको प्रयोग गर्ने प्रतिनिधि किसान हुनुहुन्छ ।
चाडबाडको समयमा मधेस प्रदेशमा सवारी दुर्घटना अधिक हुने भन्दै सोको न्यूनीकरण गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले रौतहटको चन्द्रनिगाहपुरबाट चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन अझै भाडाकै घरमा छ । मोरङका १७ स्थानीय तहमध्ये रतुवामाई मात्रै भाडाको भवनबाट सेवा प्रवाह भइरहेको छ । मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन् । जसमध्ये अझै भाडाकै घरमा बसिरहेको नगरपालिका रतुवामाई मात्रै हो । नगरपालिकाले मासिक एक लाख ३५ हजार रुपियाँ घर भाडा मात्र तिरिरहेको छ । नगरपालिकाका प्रशासन प्रमुख नरहरि निरौलाका अनुसार एउटै घरमा कोठा नपुगेर स्वास्थ्य शाखा, रोजगार सेवा केन्द्र, उद्यम विकास शाखा, शिक्षा, युवा तथा खेलकुद, कृषि एवं महिला बालबालिका शाखा अलग अलग घरमा भाडामा राखिएको छ ।
अर्थ मन्त्रालयले प्रमुख चाड दसैँमा समेत उखुको अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ ।
धनुषा जिल्लाको पूर्वदक्षिण भागमा जनकनन्दिनी गाउँपालिका पर्छ । यस पालिकाले धेरै पुरानो र धार्मिक महत्व बोकेको छ । प्राचीन इतिहास रहेको लक्ष्मीनारायण मन्दिर पनि यसै पालिकामा छ ।
पोखराको फोहोरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण हुँदै छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भएको भेटवार्तामा फोहोर व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य भएको हो । पोखरा महानगरका प्रमुख आचार्यले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै सहकार्यका लागि कुरा भएको उल्लेख गर्नुभयो ।
विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”
कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।
वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर चितवनको माडीमा एक युवकको मृत्यु भएको छ ।
बाजुराका अधिकांश स्थानीय यती बेला भूकम्पको डरले धमाधम घर छोडेर टहरामा बास बस्न थालेका छन् । जिल्लाका नौ वटै स्थानीय निकायका अधिकांश घर माटो र ढुङ्गाले मात्र निर्माण गरिएका छन् । असोज १६ गते आएको भूकम्पले यस्ता घरमा बढी क्षति गरेपछि अहिले यहाँका स्थानीय भूकम्पको डरले धमाधम घर छोडेर टहराको बास गर्न थालेका हुन् ।
दुवै खुट्टाको घुँडाको हड्डी खिइएर बाङ्गो भएपछि हिँड्नसमेत निकै कठिन अवस्थामा पुगेका बेलबहादुर कुँवर उपचारको पर्खाइमा हुनुहुन्छ । बेनी नगरपालिका–२, खबराको बिराहचौरका कुँवरका लागि आर्थिक अभाव हुँदा पछिल्लो दुई वर्षदेखि उपचार त्यसै रोकिएको छ । कुँवरले भन्नुभयो, “चार वर्षअगाडिसम्म सबै ठिक थियो । त्यसपछि विस्तारै घुँडामा समस्या हुँदै गयो र अहिले यस्तो अवस्थामा पुगेको छु ।” पोखरास्थित गण्डकी अस्पतालमा दुई वर्षअगाडि उपचारका लागि पुग्दा घुँडाको हड्डी खिइएकाले त्यसको अपरेसन गरेर फेर्नुपर्ने र १२ लाखभन्दा बढी खर्च लाग्ने भनेपछि आफूसँग उपचार गर्ने पैसा नहुँदा फर्केर घरमै बस्न थालेको उहाँको भनाइ छ । म ठिक हुँदा अरूलाई पनि सहयोग गर्ने गर्थें तर आफैँ यस्तो हुँदा कसैले केही सहयोग गरे ठिकै छ भनेर बसेको छु । कहीँ कतैबाट केही भए त कम्तीमा उपचार गर्न पाए सहज जिन्दगी जिउन सहज हुने थियो होला तर आफूसँग पैसा छैन कसरी उपचार गरौँ । सामान्य आर्थिक अवस्था भएका बेलबहादुर कुँवरको बायाँ आँखाको दृष्टिसमेत गुमेको छ भने दायाँ आँखाले अलिक थोरै मात्रै देख्ने गरेको छिमेकी घनश्याम सापकोटाले बताउनुभयो । बेलबहादुरकी श्रीमती देवीकलाको पनि बायाँ आँखाले अलि अलि देख्ने गरेको भए पनि दायाँ आँखाले भने केही पनि देख्दैन । गाउँघरमा केही लिन भनेर निस्किनुभयो भने जाने भनेको एकातिर हुन्छ अर्कैतिर पुग्ने गरेको सापकोटाले सुनाउनुभयो ।
नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दाअघिको तलबभत्ता पाउने भएका छन्। १३ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन बिग्रिसकेका छन्। यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पनि पाएका थिएनन् । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म मजदुरले तलब पाउने बताउनुभयो ।
लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तिन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ शुक्रवार इजरायलबाट नेपाल फर्कनु भएका रुपन्देहीका शिव शङ्कर लोनीयाले भन्नुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देशनै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइ र आक्रमण हुने गरेको उहाँको अनुभव छ ।