• ७ माघ २०८१, सोमबार

सवारी दुर्घटना न्यूनीकरण गर्न सचेत गराउँदै प्रहरी

blog

बसको यात्रुलाई चेतनामूलक पर्चा वितरण गर्नु हुँदै पथलैया ट्राफिक प्रमुख । तस्विरः यादवराज पुरी

यादवराज पुरी

रौतहट, असोज २६ गते । चाडबाडको समयमा मधेस प्रदेशमा सवारी दुर्घटना अधिक हुने भन्दै सोको न्यूनीकरण गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले रौतहटको चन्द्रनिगाहपुरबाट चेतनामूलक कार्यक्रम सुरु गरेको छ । 

पथलैया ट्राफिक प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराइले यात्रु तथा सवारी चालकलाई चेतनामूलक विभिन्न स्टिकर तथा पर्चा वितरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । 

कार्यक्रममा चाडबाडको समयमा हुने सवारी दुर्घटना, तीव्र गतिमा चलाइने सवारी तथा सवारी चलाउँदा प्रयोग गरिने मोबाइलबाट हुने जोखिमको बारेमा चेतना अभिवृद्धि गराउन विभिन्न पर्चा तथा स्टिकर वितरण गरिएको थियो । 

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा राखिएको यात्रु सहायता कक्षबाट सुरुवात गरिएको चेतनामूलक कार्यक्रम मधेस प्रदेशको आठ वटै जिल्लामा गरिने  प्रहरी उपरीक्षक भट्टराइले जानकारी दिनुभयो । 

यसैबिच जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले  छतमा यात्रु राख्ने सवारी र तोकिएको भन्दा बढी सवारी भाडा असुल गर्ने सवारी वा सवारी काउण्टरलाई कारबाही गरिने बताउनुभयो ।