• ३० वैशाख २०८२, मङ्गलबार

वन्यजन्तुको पासोमा परेर युवकको मृत्यु

blog

वसन्त  पराजुली

भरतपुर, असोज २६ गते । वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर चितवनको माडीमा एक युवकको मृत्यु भएको छ । 

बिहीबार साँझ  करिब ६:३० बजेको समयमा जिल्ला चितवन माडी नपा.९ कृष्णनगर निवासी वर्ष २८ को विकल्प सुवेदी आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको  सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजय पण्डितले जानकारी दिनुभयो । 

करेन्ट लागेर अचेत अवस्थामा रहेका सुवेदीलाई आफ्नै   बुवाले देखी  तत्काल उपचारको लागि बघौडा अस्पतालमा ल्याएकोमा साँझ ६ः५५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।