• १३ साउन २०८१, आइतबार

इजरायल सुरक्षित देश होइन भन्ने सोचेर हामी देश फर्केका हौँ: शिवशङ्कर लोनीया

blog

काठमाडौँ, असोज २५ गते । लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तीन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ ।शुक्रवार इजरायलबाट नेपाल फर्कनुभएका रुपन्देहीका शिवशङ्कर लोनियाले भन्नुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देश नै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइँ र आक्रमण हुने गरेको उहाँको अनुभव छ । 

धेरै नेपालीहरू छन् इजरायलमा तर साथीहरूको मृत्युको खबरले हामी धेरै त्रसित भयौँ । अव सबैले ज्यानको सुरक्षा गर्नुपर्छ र देशमै केही गर्ने आँट गर्नुपर्ने उहाँको सुझाव छ । शुक्रवार बिहान नेपाल फर्कनुभएका उहाँ भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो । 

यो पनि पढ्नुहोस

सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।