• ३ फागुन २०८२, आइतबार

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

blog

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गर्नुहुँदै ।

काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज पशुपतिनाथको दर्शन गरेपछि भण्डारेश्वर महादेवको दर्शनसहित पूजाआराधना गर्नुभएको हो । 

राष्ट्रपति पौडेलललाई उक्त मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।