• ३ फागुन २०८२, आइतबार

भारतका प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

blog

काठमाडौँ, फागुन ३ गते । नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को उचाइ अभिवृद्धिमा विशिष्ट योगदान पुर्‍याएबापत भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।

पुरस्कारबाट विभूषित हुनेहरूमा प्रा.डा. कविता लामा, प्रा.डा. कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, डा. राजकुमार क्षेत्री र प्रा.डा. सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त) हुनुहुन्छ ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।