• १३ मंसिर २०८१, बिहिबार

मनपरी भाडाले यात्रु मर्कामा

blog

कालीकोट समाचारदाता

कालीकोट, असोज २५ गते । यात्रुको चाप बढ्ने समयमा स्थानीय यातायात व्यवसायीको मनपरी यसपालि पनि देखिन थालेको छ । दसैँतिहार, नयाँ वर्ष वा अन्य कुनै बेला पनि यात्रु केन्द्रित समयमा यातायात व्यवसायीले मनपरी भाडा असुल्ने र यात्रुमाथि पशुको जस्तै व्यवहार गर्ने गरेका छन् । 

काठमाडौँबाट कालीकोट आउने यात्रुले जुम्ला पुग्न टिकट लिन बाध्य बनाइएको छ ।  यातायात व्यवसायी तथा टिकट काउन्टरका कर्मचारीले यस्तो बाध्यता सिर्जना गरेका हुन् । लामो दुरीका सुर्खेत, कालीकोट, जुम्लाका लागि छुट्ने यातायातमा पनि उस्तै मनपरी छ । कालीकोट रास्कोट नगरपालिका–२ का हिक्मत खड्का रास्कोट जान जितेसम्मको टिकट लिन बसपार्क जानुभयो । काउन्टरका कर्मचारीले जुम्लाको गाडीमा सिट रहेको र टिकट पनि जुम्लासम्मकै लाग्ने भएकाले दुई हजार पाँच सय रुपियाँ दिन भनेको गुनासो गर्नुहुन्छ । 

यात्रु खड्काले आफ्नो घरसम्मकै गाडी भाडा तिर्नुपर्ने भए पनि यातायात व्यवसायीले त्योभन्दा टाढासम्मको टिकट शुल्क लिने गरेको बताउनुभयो । यस घटनाको हिक्मत खड्का त एक पात्र मात्र हुन् ।