जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धारमा राजनीतिक दलहरूले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका छन् । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि ५० लाख रुपियाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
भूकम्पका घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा राहत तथा उद्धारका लागि स्वास्थ्य सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग छलफल गरेको छ । घाइतेको उपचारका लागि प्रदेशहरू र सङ्घीय अस्पताल पनि तयारी अवस्थामा राखिएको छ । आवश्यक जनशक्ति र औषधी पठाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विश्व स्वास्थ्य सङ्गठन, सेभ द चिल्ड्रेन, वन हर्टलगायतका सङ्घ संस्थाका पदाधिकारीसँग छलफल गर्दै घाइतेको निःशुल्क उपचार गर्ने बताउनुभयो ।
विसं १३१० मा गएको भूकम्पले थुप्रै देवालय र घर भत्किए, भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गयो । विसं १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो । विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए । विसं १७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए ।
भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बस्नुभयो र सुत्न जानुभयो । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आउनुभएका रूपकले भन्नुभयो, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”
शुक्रबार राति गएको भूकम्पमा परी मानवीय र भौतिक क्षति व्यहोरेका रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका स्थानीयहरुको त्रिपालमुनि बास भएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइतेहरु उपचाररत हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट २५ जना घाइतेको उपचारका लागि उद्धार गरिएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
ब्याकुल माइला गोल्डकप नवौं संस्करणको उपाधी दूधकौशिका आधारभूत विद्यालय मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारले जितेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर भूकम्पमा परी घाइते हुनु भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद १० लाख रुपिँयासहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । लालटिन बहुउद्देश्य सहकारी संस्थाले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरी भूकम्प प्रभावित क्षेत्र पठाएको हो । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।
यहाँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ ।