दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि १७५ बढी भूकम्पको धक्का गएको छ ।
सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरूलाई तत्काल बिदा नबस्न निर्देशन दिएको छ ।
जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र सासंदहरुको टोली प्रस्थान गरेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्पपीडित घाइतेहरूको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा राखेको जनाएको छ ।
नेपाली कांग्रेसले तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुभयो ।
यसवर्ष गर्भवती हुनुभएका महिलाको घरमा निलो झण्डा गाड्ने काम सुरु भएको छ । गर्भवतीको घर पहिचान गरी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न र घरमा गर्भवती भएको महिला जानकारी गराउन स्वास्थ्य चौकीले झण्डा गाड्ने काम सुरु गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ ।
गुल्मीमा सञ्चालन भइरहेको गुल्मी महोत्सवको शनिवारको टिकट विक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई प्रदान गरिने भएको छ ।
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी) लाई सक्रिय बनाएको छ ।
सुदूरपश्चिमको धनगढीबाट सुदूरपूर्व काँकडभिट्टासम्मको रुटमा एसी बस सेवा आजबाट सञ्चालनमा आएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले नयाँ बस खरिद गरेर काँकडभिट्टासम्म एसी बस सेवा सुरु गरेको हो ।
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना भएको छ दिने बुलेट राइड सम्पन्न भएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनः स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्काबाट स्याङ्जाको अर्जुनचौपारी १ मा गएको पहिरोले बाटो अवरुद्ध भएको छ ।