भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । लालटिन बहुउद्देश्य सहकारी संस्थाले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरी भूकम्प प्रभावित क्षेत्र पठाएको हो । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।
यहाँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको विभिन्न जिल्लाका भूकम्पबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराएको छ ।
नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सो अवधिभरि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा मन्त्रालय तथा अन्तर्गतका निकायहरूबाट नियमित र सहुलियतरुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
गएराति जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार भेरी अस्पताल नेपालञ्जमा भइरहेको छ । उपचाररत ३३ जना बिरामीमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
गएराती जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भई उपचारका लागि हालसम्म भेरी अस्पताल नेपालञ्जमा ३३ जना बिरामीलाई ल्याइएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पबाट प्रभावित नागरिकको व्यवस्थापन तथा उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सवमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ ।
भूकम्पपीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्धारका लागि करिब १४ लाख रुपियाँ (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका बिरामीहरूको उपचारका लागि सहयोग गर्न थारु पत्रकार सङ्घ नेपाल, बाँके शाखाले रक्तदान गरेको छ ।