• १ जेठ २०८१, मङ्गलबार

लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीमा मास्की

blog

गोरखापत्र अनलाइन

दाङ, कात्तिक १८ गते । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सो अवधिभरि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो । 

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताउनुभयो । मुख्यमन्त्री चौधरी  ‘द एसेम्ब्ली स्टेट अफ न्यूयोर्क, अलबेनीक ३० औँ डिस्ट्रिक्ट’ लगायतका दुई वटा कार्यक्रममा सहभागी हुने अमेरिका जान लाग्नु भएको हो ।