• १ जेठ २०८१, मङ्गलबार

रगत संकलन गरी भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

blog

भुकम्प प्रभावित जाजरकोट, रुकुमका लागि बुटवलमा रक्तदान गर्दै रक्तदाताहरु । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १८ गते । भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । लालटिन बहुउद्देश्य सहकारी संस्थाले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरी भूकम्प प्रभावित क्षेत्र पठाएको हो । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम रगत पठाउने उद्देश्यले रक्तदान गरिएको लालटिन बहुउद्देश्य सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताउनुभयो । 

रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । जम्मा भएको रगत रक्त सञ्चार सेवा केन्द्र बुटवलमा जम्मा गरिने छ । आवश्यकता अनुसार जम्मा भएको रगत आज भुकम्प प्रभावित जाजरकोट, रुकुम पठाइएको केन्द्रले जनाएको छ ।

रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको र आवश्यकता अनुसार खाद्यान्न र केही आर्थिक सहयोग समेत सहयोग गरिने सहकारीका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।