इलाम नगरपालिकाले स्वास्थ्य उपचार कोष स्थापना गर्नेभएको छ । दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ कोष स्थापना गर्नेभएको हो । कोष स्थापना गर्नका लागि इलाम नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिले मासिक रूपमा रकम जम्मा गर्नेभएका छन् ।
पछिल्लो दुई साताको बीचमा चिनीको मूल्य प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको छ । भारत सरकारले चिनी निर्यात प्रतिबन्ध लगाएसँगै चिनी उद्योगी एवं व्यापारीले मनोमानी ढङ्गले चिनीको मूल्य वृद्धि गरेका हुन् ।
जुम्लामा समूहको अगुवाइमा सञ्चालित भेडाबाख्रा केन्द्र स्थापना भएको छ । हिमा गाउँपालिका–२, ओदीमा कर्णाली प्रदेश सरकारको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडास्रोत केन्द्र स्थापना गरिएएको हो ।
वनको अवरोधका कारण लामो समयसम्म निर्माण कार्य हुन नसकेको कैलालीको वसन्ता कोरिडोर क्षेत्रस्थित हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुन लागेको छ । वन क्षेत्रमा बाँकी रहेको दुई किलोमिटर सडक निर्माणको काम यसै वर्षबाट सुरु भएपछि निर्माण कार्य पूरा हुन लागेको हो । सो सडकखण्डमा कालोपत्रे भइरहेको छ । केही हप्ताभित्रै निर्माणकार्य पूरा हुने हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ ।
लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आन्तरिक प्रतिस्पर्धाबाट ४३ जना उपसचिव पदका लागि बढुवाका लिखित नजित सार्वजनिक गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट खरिद गरेको चोभार स्थित कृषि चुन उद्योगको जग्गाको सम्पूर्ण रकम भुक्तानी गरे पनि हालसम्म स्वामित्व हस्तान्तरण भएको छैन । कृषि मन्त्रालयले चोभारस्थित २३ रोपनी एक आना जग्गा खरिद गरेको छ ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुलसहितको तीनलाल स्मृति पर्यटकीय पार्क अझै सञ्चालनमा आउन सकेको छैन । मन्थली नगरपालिका–१ स्थित हाटेचौरमा गत आर्थिक वर्ष २०७७/०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क कोरोनाका कारण थप गरिएको समयसहित गत चैतसम्ममा निर्माण सम्पन्न गर्ने र गत वैशाखको पहिलो हप्ताबाट सञ्चालन गर्ने नगरपालिकाको योजना थियो । निर्माण कम्पनीले समयमै काम नसक्दा यसअघिका मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाइमा तीव्र सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अभियन्ता एवं सफाइविज्ञ खेमनाथ शर्माले सुरु गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्रको दुई हप्ते सरसफाइ अभियानमा सहभागी सरसफाइ कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।सफाइ मजदुरलाई आवश्यक तालिम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताउनुभएको हो ।
फेमली, अमृत , निलकमल , सफारी लगायत नेपाली ब्राण्डको खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कुष्ठरोगका बिरामीको पनि उपचार सुरु गरेको छ । सरुवा रोग अस्पताल भए पनि शुक्रराज अस्पतालले हालसम्म कुष्ठरोगको उपचार गरेको थिएन । अहिले अस्पतालले सबै प्रकारका सुविधासहित कुष्ठरोगको उपचार सुरु गरेको हो ।
पूर्वी नाका काँकडभिट्टाबाट भन्सार राजस्व नतिरी नेपाल भित्रिएका तीनवटा भारतीय नम्बरका मालवाहक ट्रकमा ल्याइएको सामानको प्रज्ञापनपत्र नै रहेको पुष्टि भएको छ । केही दिनअघि पूर्वी नाका काँकडभिट्टा हुँदै भित्रिएका तीनवटा ट्रक विषेश सूचनाका आधारमा राजस्व टोलीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गर्दा प्रज्ञापनपत्र नक्कली भएको पुष्टि भएको हो । भन्सार राजस्व नतिरी आलुलगायतका तरकारी र विभिन्न जातका बिरुवा बोकेर नेपाल भित्रिएका ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
काभ्रेको तेमाल गाउँपालिका–४ की पासाङ तामाङ मङ्गलबार बिहान ४ बजे धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन (फोटो खिचाउन) लाइनमा बस्नुभयो । बिहान ४ बजे राष्ट्रिय परिचयपत्रको फोटो खिच्न आउनुभएकी पासाङले बिहान ९ बजे फोटो खिच्ने टोकन पाउनुभएकाे हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने संयुक्त राज्य अमेरिका भ्रमणको गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँले दुवै राष्ट्रका प्रमुखलाई उपयुक्त हुने मिति तय हुँदै गरेको पनि बताउनुभयो ।
चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि बन्दीपुरका बासिन्दा त्रसित भएका हुन् ।