कर्णाली प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले भुमे (भुम्या पर्व)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
कैलालीको जानकी गाउँपालिका ३ र ६ मा सेवा दिँदैआएको सुवर्णपुर ग्रामीण विद्युत सहकारीको लाइन काटिँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । कैलालीको तापक्रम ४१ डिग्री पुगेकाबेला यहाँका ५०८ घरपरिवारका स्थानीयले विधुत सेवाविहीन अवस्थामा बस्नुपरेको छ । बिधुत महसुल रकम नबुझाएको भन्दै नेपाल विधुत प्राधिकरणले लाइन नै काटिदिएको हो ।
काठमाडौं, असार १ गते । फिल्म 'बाबरी'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । ‘बाबरी रंग’ बोलको गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड छन् ।सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, सङ्गीत तथा स्वर छ । गीत गायनमा अस्मिता अधिकारीले सङ्गीतमा गुरुङलाई साथ दिनुभएको छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिनुभयो । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताउनुभयो । फिल्मका मुख्य अभिनेता धिरजले पनि यसको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफूले ‘बाबरी’मा काम गर्न सहमत भएको बताउनुभयो । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो । फिल्ममा आगामी भदाै ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यस्तै, फिल्ममा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनीता श्रेष्ठ, नीतेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सहनिर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो। फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गुरुङको सङ्गीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले एक स्थानीयको गाईगोठ र भान्साघर बगाउँदा नौ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
पृथ्वी राजमार्गमा झरेको पहिरो पन्छाएर अहिले राजमार्ग सञ्चालनमा आएको छ । बुधवार दिउँसो २ वजे चितवन ईच्छाकामना गाउँपालिका ४ घोप्टेभिरस्थित पृथ्वीराजमार्गमा पहिरो झरी बाटो दुईतर्फी अबरोध भएको थियो । सडक ३ वजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन खोजेको आरोप लगाउनु भएको छ । नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौता गर्न खोजेको बताउँदै महासचिव पोखरेलले आपत्ति जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा निकासी गर्न लागेको काठ नियन्त्रणमा लिएको छ । प्रहरीले रम्भा गाउँपालिका ३ स्थित निकीचउरबाट अबैध रुपमा चिलाउने काठ ट्याक्टरमा लोड गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्वस्थ हुनुभएपछि उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।
बागलुङको बडिगाड गाउँपालिकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका–४ का ३२ वर्र्षीय छबिलाल बलामीको मृत्यु भएको हो ।
बजेट तयारीमा ढिलाइ हुँदा प्रदेशसभामा बजेट पेश गर्ने समय झण्डै दुई घण्टा पर सर्ने भएको छ । बजेट इन्ट्री गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयलको सर्भरमा प्राविधिक समस्या देखिएपछि प्रदेश सभा बैठक १ घण्टा ४५ मिनेट ढिला मात्र सुरु गर्नेगरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।
प्रतिनिधिसभा बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुभएको छ ।
लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश लघुजलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ ।
इलामको माई नगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आउनुभएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्र्षीय दाबा शेर्पा आज विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिनुभएको हो । उहाँ विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आउनु भएको थियो ।