• ७ वैशाख २०८१, शुक्रबार

फिल्म 'बाबरी'को गीत सार्वजनिक

blog

काठमाडौं, असार १ गते । फिल्म 'बाबरी'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । ‘बाबरी रंग’ बोलको गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड छन् ।

सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, सङ्गीत तथा स्वर छ । गीत गायनमा अस्मिता अधिकारीले सङ्गीतमा गुरुङलाई साथ दिनुभएको छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । 

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिनुभयो । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताउनुभयो । 

फिल्मका मुख्य अभिनेता धिरजले पनि यसको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफूले ‘बाबरी’मा काम गर्न सहमत भएको बताउनुभयो । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो । फिल्ममा आगामी भदाै ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । 

यस्तै, फिल्ममा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनीता श्रेष्ठ, नीतेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सहनिर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो। 

फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गुरुङको सङ्गीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।