• १५ असार २०८१, शनिबार

उपराष्ट्रपति पुनद्वारा भुम्या पर्वको शुभकामना

blog

नेपाल मगर संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिरः केशब गुरुङ

काठमाडौं, असार १ गते। उपराष्ट्रपति नन्दबहादुर पुनले भुमे (भुम्या पर्व)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

नेपाल मगर सङ्घले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले वर्षे बाली लगाउनुअघि प्रकृतिको पूजा गर्ने पर्वको रुपमा भूमे पर्व परम्परागत रुपमा मनाइँदै आएको बताउनुभयो।

“पर्व सांस्कृतिक सभ्यता पनि हो, सामाजिक हिसाबले नयाँ जीवन सुरुवात गर्ने र पारिवारिक सम्बन्ध जोड्ने पर्वको रुपमा लिइन्छ”, उहाँले भन्नुभयो, “इतिहास र पहिचानका रुपमा रहेको पर्व सामाजिक सद्भाव जोडिएको छ।”

देशका चाडपर्वको संरक्षण गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले संस्कृतिको विकासतर्फ पनि सबैको ध्यानाकर्षण गराउनुभयो।