काठमाडौ, असार १ गते । भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा ‘प्रकाश’ टिमले अभिनेत्री दिया मास्केको चरित्र पोस्टर सार्वजनिक गरेको छ । मास्केले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा आफू 'सीता'को चरित्रमा देखिने जानकारी दिनुभएको हो । चलचित्रमा मास्के जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका देखिनुभएको छ । मास्केले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ । महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, 'चलचित्र न्यारेटिभ'को अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र ‘सीता’।”दियाबाट 'सीता' बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस नभएकोसमेत उहाँले उल्लेख गर्नुभएको छ । उहाँ थप लेख्नुहुन्छ, “गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो भन्ने मलाई लाग्छ । आज प्रकाशको पोस्टर सेयर गरिरहँदा मन ढक्क फुलेको महशुस गर्दैछु, यो सिताप्रतिको मेरो लगाव र गर्व दुवै हो ।” कथा छनौट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान नदिने उहाँको भनाइ छ । “कहिलेकाहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतीत हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौं । प्रकाश को टिजर हेरेर मलाई धेरैले मिठो प्रतिक्रिया दिनुभएको छ । सिनेमामा आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला । मात्र यति भन्छु (समय बदलिएको छ र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिकाद्वारा सिनेमालाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरु लाई सिनेमा आख्यानमा स्थापित गर्न थलिएको महसुस गरेको छु ।” यसरी खुशी व्यक्त गर्दै उहाँले अब नेपाली सिनेमामा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताउनुभएको छ ।दिनेश राउतले निर्देशन गर्नुभएको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने चलचित्रमा प्रदीप खड्का, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । यस्तै, चलचित्रमा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिलतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले उर्जावान युवा उद्यमीसँग सहकार्य गरेर जाने बताउनुभयो ।
काठमाडौं, असार १ गते । लुम्बिनी प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का:
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको कर्मचारीले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बिहान ९ः३० बजे ईनडोर रुमको (बिरामी भर्ना गर्ने कक्ष) शौचालयको डस्टविनभित्र फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।
पोखरा, असार १ गते । गण्डकी प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै गण्डकी प्रदेशका अर्थमन्त्री राजीप्रसाद बराल :
परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रादेशिक उद्योग उत्पादनलाई प्रबर्द्धन गर्न निजीकरण गरिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल :
प्रदेश १ को बजेट भाषण सुरु भएको छ ।
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलन बिजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्णबहादुर खत्री बिजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्यौपानलाई पराजित गरी निर्वाचित हुनुभएको हो । खत्रीको १५ र न्यौपानेको मत नौ रहेको छ ।
हेटौंडा, असार १ गते । बागमती प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै बागमती प्रदेशका अर्थमन्त्री शालिग्राम जमरकट्टेल ।
सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।
जनकपुर, असार १ गते । मधेश प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह । संवैधानिक प्रावधान अनुसार अर्थमन्त्री साहले बुधबार प्रदेशको बजेट प्रस्तुत गर्नुभएको हो ।
काठमाडौं, असार १ गते । फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेशन्स शेन म्यानेजर रश्मी अग्रवालले जानकारी दिनुभयो। अडिसनबाट छानिएका प्रस्तुति पर्दामा प्रदर्शन हुन भने बाँकी छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलीदेखि डिजिटल अडिसन हुने अग्रवालले जानकारी दिनुभयो । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन राखिएको हो । डिजिटल अडिसनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल superdancernepal@gmail.com मा पठाउन सक्ने आयोजकले जनाएको छ । यस बाहेक ९७७-९८०१७८५३५५० नम्बरमा ह्वाटएप वा भाइवर गर्न सक्ने बताइएको छ । फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र गुणस्तर हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ। आजबाट सुरु हुने डिजिटल अडिसन असार ७ गतेसम्म हुनेछ ।
जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदको उच्च जोखिममा रहेको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको औल्याएको हो ।