• ११ पुस २०८१, बिहिबार

विश्वकप लिग-२ : अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

blog

अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्न मैदान प्रवेश गर्दै नेपाली खेलाडी । तस्बिरः क्यान

काठमाडौँ, कात्तिक १७ गते। नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ। 

नेपालले खेलको ६.१ ओभरमा एक विकेट हात पारेको छ। गुल्सन झाले पहिलो बलमा अमेरिकाका ओपनर शायन जहाँगीरको विकेट लिएका लिनुभएको हो। नेपालका करण केसी बलिङका क्रममा घाइते हुनुभएको छ।

लिग-२ को अघिल्लो खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। 

नेपाल र अमेरिकाको खेल अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा जारी छ। सोही मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो।   

सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। नेपालले सिरिजको चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ।

लिग-२ अन्तर्गत १० खेलमा पाँच अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ। ११ खेल खेलेको अमेरिका १४ अङ्कसहित दोस्रो स्थानमा छ।