• ६ जेठ २०८१, आइतबार

नेपाली ब्राण्डका खानेतेल नेपालभन्दा भारतमा सस्तो

blog

वीरगञ्ज,  असार १ गते । फेमली, अमृत , निलकमल , सफारी लगायत नेपाली ब्राण्डको खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ । 

नेपाली बजारमा आम उपभोक्ताले प्रतिलिटर ३२० रुपियाँमा खरिद गरिरहेको सन फलावर तेल भारतीय बजारमा २८० देखि २८५ रुपियाँमा खुद्रा बिक्री भईरहेको छ । मंगलबार वीरगञ्जको मुख्य नाका भएर रानीघाटकी नम्रता श्रेष्ठले नेपाली फेमली ब्राण्डको सनफलावर तेल सिमावर्ती भारतीय बजार रक्सौलमा नेपालमा भन्दा सस्तो भएको बताउनुभयो । उहाँ खाद्यान्न र किचनका सामाग्री सिमावर्ती भारतीय बजार रक्सौलमा किन्ने गरेको बताउनुहुन्छ । सस्तो हुँदा नेपाली तेल भारतबाट किनेर ल्याएर खानुपर्ने बाध्यता रहेको उहाँ भन्नुहुन्छ । वीरगञ्जमा ३२० रुपैया पर्छ रक्सौलमा ४५ रुपियाँ सस्तोमा पाइने गरेको उहाँ भन्नुहुन्छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको स्थानीय कर समितिका संयोजक सुरेश रुगंटाले नेपालमा भन्दा भारतमा खानेतेल २० प्रतिशत सस्तो रहेको बताउनुभयो ।  भारत सरकारले खाने आयातमा सबै कर छुट गरेको छ , मात्र ५ प्रतिशत जिएसटि लाग्छ । त्यस्तैगरी नेपालबाट निकासी गर्दा पनि निर्यातमा छुट रहेको छ तर त्यही सामान नेपालमा बेच्ने गरी आयात गरी बजारमा बेच्दा भ्याट , भन्सार शुल्क लगायतका गरी २५ प्रतिशत कर लाग्ने गरेको छ । त्यसैले भारतमा सस्तो हुने गरेको उहाँले भन्नुभयो ।

भारत विहारको रक्सौल वडा नम्बर २८ मौजेमा रहेको आर्यन ईम्पेक्सले फेमली ब्राण्ड , निलकमल ब्राण्ड , अमृत ब्राण्ड , दिब्या ब्राण्ड , सफारी ब्राण्डका खानेतेलहरु आयात गरी भारतीय सिमावर्ती बजार रक्सौलमा सप्लाई गर्ने गरेको छ भने सिमावर्ती भारतीय सहर रक्सौलमा किनमेल गर्ने जाने नेपाली उपभोक्ताले नेपाली ब्राण्डको खाने तेल भारतीय बजारबाट खरिद गरी नेपाल ल्याउने गरेको पाइन्छ । 

Author

दिपकप्रसाद गौतम