• २६ वैशाख २०८१, बुधबार

४३ जना उपसचिवको नतिजा सार्वजनिक

blog

काठमाडौं, असार १ गते । लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आन्तरिक प्रतिस्पर्धाबाट ४३ जना उपसचिव पदका लागि बढुवाका लिखित नतिजा सार्वजनिक गरेको छ । 

आयोगले विभिन्न सेवा समुहमा माग भएकोमध्ये बुधबार नजिता सार्वजनिक गरी अन्तर्रवार्ताका लागि आव्हान गरेको हो । प्रकाशित सूचना मध्ये न्याय, कानुन उपसचिवमा पाँच जना माग भएपनि लोक सेवा आयोगको केन्द्रीय कार्यालयले लिखित परिक्षामा सम्मिलित ३० जना मध्ये १३ जनाको नाम प्रकासन गरि अन्तर्रवार्ताका लागि आव्हान गरेको छ । 

त्यसैगरी अर्को विज्ञापन अनुसार न्याय, कानुनको उपसचिव पदकालागि एकजना पद माग भएपनि यसका लागि ११ जना लिखित नजितामा उर्तिण भएका छन् । त्यसैगरी प्रसासन, सामान्य प्रसासन समुहका उपसचिवका लागि आठ जनाको माग संख्यामा २४ जना उर्तिण भएका छन् । त्यसैगरी प्रशासन, लेखा समुहमा माग संख्या ३ जना मध्ये २२ जना उर्तिण भएका छन् । 

त्यसै गरी प्रशासन, राजश्व समुहमा एक पदका लागि १० जना उर्तिण भएका छन् । लेखापरीक्षण समुहका लागि चारजना माग भएमध्ये १५ जना उर्तिण भएका छन् । संघिय संसद, सामान्य प्रसासन समुहमा माग भएको दुई जनाका लागि सात जना उर्तिण भएका छन् । त्यसैगरी आर्थिक योजना तथा तथ्याङक समुहमा माग भएको एक जनाका लागि तीन जना उर्तिण भएका छन् । इन्जिनियरिङ, सिभिल, जनरल सातजना पदका लागि २१ जना उर्तिण भएका छन् । 

इन्जिनियरिङ, सिभिल, हाइवे समुहका लागि माग भएका ११ जना मध्ये २७ जना उर्तिण भएका छन् । त्यस्तै गरी इन्जिनियरिङ, सिभिल, स्यानिटरी पदमा एक जना माग भएपनि पाँच जना उर्तिण भएका छन् ।