• १३ असोज २०८१, आइतबार

टेकु अस्पतालमा कुष्ठरोग उपचार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ,असार १ गते । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कुष्ठरोगका बिरामीको पनि उपचार सुरु गरेको छ । सरुवा रोग अस्पताल भए पनि शुक्रराज अस्पतालले हालसम्म कुष्ठरोगको उपचार गरेको थिएन । अहिले अस्पतालले सबै प्रकारका सुविधासहित कुष्ठरोगको उपचार सुरु गरेको हो । 

कुष्ठरोग विशेषज्ञ डा. सिबेन्द्रकुमार झाले टेकु अस्पतालमा कुष्ठरोगको उपचार सुरु गरिएको जानकारी दिनुभयो । उहाँले कुष्ठरोगका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्रको स्थापना गरिएको बताउनुभयो । अस्पतालका प्रशासन प्रमुख नवराज गौतमले अन्य स्वास्थ्य संस्थाबाट रिफर भएर पनि कुष्ठरोगका बिरामी आउन सक्ने भन्दै कुष्ठरोगका लागि रिफरल अस्पतालका रूपमा टेकु अस्पताल रहेको बताउनुभयो । गौतमले कुष्ठरोगका लागि छुट्टै टेलिमेडिसिन पनि सुरु गरिएको बताउनुभयो ।  यसअघिसम्म कुष्ठरोगको उपचारका लागि आनन्दवन अस्पताल लेलेमा मात्र उक्त सुविधा थियो ।