सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मित्रराष्ट्रबीच सुसम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित ‘पत्रकारिता सम्मान वितरण’ कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग र आत्मसात् गर्दै आएको स्पष्ट पार्नुभयो । अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्दै अघि बढ्ने हो, मन्त्री कार्कीले भन्नुभयो, “सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरिसकेको छ ।”
नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे ।
हेटौँडा अस्पताल व्यवस्थापनले पूर्वाधारको अभावमा स्थानीय बासिन्दाको अपेक्षा र आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्न नसकेको जनाएको छ ।हेटौँडा अस्पतालमा उपचारका लागि जाने बिरामीले समयमा गुणस्तरीय सेवा नपाएको, सरकारले निःशुल्क उपलब्ध गराउने औषधि उपलब्ध नभएको र भिडियो एक्स–रेलगायतका सेवा समयमा उपलब्ध नभएको भन्दै जनगुनासो बढ्दै गएपछि अस्पताल व्यवस्थापनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वाधार अभावमा उपचार प्रभावित हुँदै आएको जनाएको हो ।
बाँकेको खजुरा गाउँपालिका–१, राधापुरका किसान मगनसिंह थापालाई यतिबेला चैते धानभित्र्याउन भ्याइ नभ्याइ छ । फागुनमा रोपेको चैते धान पाकेपछि थापाले अहिले धान भित्र्याउने काममा आफूलाई व्यस्त बनाउनुभएको छ । थापा जस्तै यतिबेला बाँकेका
प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश १ का सबै वडामा प्रसूति सेवा पु-याउने तयारी भएको बताउनुभएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गर्दै उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि चार करोड रुपियाँ बजेट विनियोजन गरी सबै वडामा प्रसूति सेवा पु-याउने तयारी भएको बताउनुभएको हो ।
सामुदायिक विद्यालयको व्यवस्थापन, निरीक्षण, मूल्याङ्कन, अनुगमनलगायत सम्पूर्ण उत्तरदायित्व स्थानीय तहमा रहे पनि चन्द्रपुर नगरपालिकाको आधारभूत तहका अधिकांश विद्यालय भौतिक संरचना अभावमै सञ्चालित छन् । सम्बन्धित विद्यालयका अभिभाव
रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर उदाहरणीय बन्नुभएको छ । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहनुभएका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्नुभएको छ ।
सरकारले नेपाल आयल निगमलाई नियामक र कारोबार निकाय फरक फरक गर्नेतर्फको तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभामा मङ्गलबार सार्वजनिक वक्तव्य दिँदै मन्त्रिपरिषद्बाट गठित कार्यदलको सुझाव आएपछि आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
बाँके जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गाको अवैध उत्खनन र ओसारपसार निरन्तर जारी छ । राप्तीसोनारी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिले अनुगमन गर्दा धेरै ठूलो परिमाणमा उत्खनन गरिएको अवैध नदीजन्य पदार्थ फेला परेपछि प्रहरी प्रशासनले सो रोक्न केही कडाइ गरे पनि अवैध उत्खनन र ओसारपसार निरन्तर छ ।
बाढीको ठूलो जोखिम भोग्दै आएको कैलालीमा विपत् प्रतिकार्य योजना अझै निर्माण हुन सकेको छैन । वर्षायाम सुरु भइसक्दा पनि विपत् पूर्वतयारीका लागि जिल्लामा अझै प्रतिकार्य योजना बन्न नसकेको हो । बाढी र डुबानको हिसाबले जिल्लाको नदी तटीय क्षेत्रसहित आसपासका बस्तीमा हरेक वर्ष ठूलो जोखिम रहँदै आएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्कको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौँको दरबारमार्गस्थित पुनर्निर्माणपश्चात् तयार भएको विश्व बैङ्कको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार १९औँ कारोबार दिनमा सुधारिएको छ । लगातार १८ कारोबार दिनसम्म ओरालो लागिरहेको बजार साताको तेस्रो दिन ४० अङ्कले सुधारिएको हो । नेप्से सुधारिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खस्किएको छ ।
भूकम्प गएको आठ वर्ष पूरा हुँदासम्म काभ्रेमा रहेका करिब एक हजार तीन सय भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउनुपर्ने तेस्रो किस्ताबापतको अनुदानको रकम पाउनबाट वञ्चित भएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विघटन, निजी आवास पुनर्निर्माणका लागि स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कर्मचारी व्यवस्थापन तथा बजेट अभावका कारण घर निर्माण गरिसकेका भूकम्पपीडितले तेस्रो किस्ताबापतको अनुदान रकम नपाएका हुन् ।
असंलग्न परराष्ट्र नीति नेपालको मूल विशेषताका रहँदै आएको छ । सामरिक र सैनिक होडबाजीतिर नलागी सार्वभौम नेपालको छवि विश्वभर उँचो बनाउनु यो नीतिको मुख्य ध्येय हो । नेपालको भूराजनीतिक अवस्थाले समेत यही मार्गलाई सम्बोधन गर्नुपर्ने
नेपाल ओलम्पियन संघले नेपालबाट विगतदेखि अहिलेसम्म ओलम्पिक गेम्समा सहभागि खेलाडीलाई पूर्नमिलन गराएको छ । ओलम्पिक दिवसको अवसरमा संघले मंगलबार राति ओलम्पियनहरुबीच एकआपसमा पूर्नमिलन गराएको हो ।