• १३ साउन २०८१, आइतबार

अस्पतालको सेवा प्रभावित

blog

हेटौँडा अस्पतालले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता 

हेटौँडा, असार ८ गते । हेटौँडा अस्पताल व्यवस्थापनले पूर्वाधारको अभावमा स्थानीय बासिन्दाको अपेक्षा र आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्न नसकेको जनाएको छ ।हेटौँडा अस्पतालमा उपचारका लागि जाने बिरामीले समयमा गुणस्तरीय सेवा नपाएको, सरकारले निःशुल्क उपलब्ध गराउने औषधि उपलब्ध नभएको र भिडियो एक्स–रेलगायतका सेवा समयमा उपलब्ध नभएको भन्दै जनगुनासो बढ्दै गएपछि अस्पताल व्यवस्थापनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वाधार अभावमा उपचार प्रभावित हुँदै आएको जनाएको हो ।

पछिल्लो समय हेटौँडाका युवाले धर्ना र सत्तारूढ दल नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले अस्पतालमा सुधारको माग गर्दै दबाब सिर्जना गर्न थालेपछि अस्पताल व्यवस्थापनले अस्पतालको स्वीकृत श-या सङ्ख्या, जनशक्ति र अस्पतालले पु¥याएको सेवाका बारेमा नबुझ्दा समस्या आएको भन्दै सेवा विस्तारका लागि थप पूर्वाधार विकास र जनशक्ति वृद्धिको विकल्प नभएको भनेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले पत्रकार सम्मेलनमा अस्पतालको स्वीकृत ५० श-या र स्वास्थ्यकर्मीको अनुपातमा बढी नै सेवा उपलब्ध गराएको दाबी गर्नुभयो । स्वीकृत ५० शøया भएको अस्पतालले दिने सेवाभन्दा अतिरिक्त सेवा अस्पतालले दिएको बताउँदै उहाँले भन्नुभयो, “अस्पतालले सेवा दिएकाले नै उपचारका लागि आउने बिरामीको चाप बढेको हो ।”

स्वीकृत ५० शøया र समितिबाट ६० गरी ११० शøया भएको अस्पतालमा १७ शøयाको सघन उपचार कक्ष (आईसीयू), मिर्गौला रोगीका लागि डायलासिससँगै विशेषज्ञ सेवा प्रदान गर्नु आफैँमा महìवपूर्ण भएको बताउँदै उहाँले उपचार गराएबापत पाउनुपर्ने रकम सरकारले समयमा उपलब्ध नगराउँदासमेत सेवालाई निरन्तरता दिँदै आएको बताउनुभयो । 

उहाँका अनुसार कोभिड–१९ को उपचारबापत र बीमा गराएकाको उपचार गरेको गरी नौ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ । साथै अस्पतालको ७० शøयाको निर्माणाधीन भवन निर्माण कम्पनीले समयमा सम्पन्न नगर्दा उपचार प्रभावकारी रूपमा प्रदान गर्न समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताउनुभयो । उहाँले अघिल्लो चैतमा निर्माण गरी हस्तान्तरण गर्ने सम्झौता भए पनि निर्माणमा भएको ढिलाइले सेवा विस्तारमा समस्या भएको भन्दै नयाँ भवन हस्तान्तरणपछि उपचार सेवा थप सहज भन्नेछ, भन्नुभयो । 

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सापकोटाले अस्पतालको नयाँ भवन हस्तान्तरण भएसँगै सिटिस्क्यान मेसिन र एमआरआई मेसिन आएपछि थप सेवा उपलब्ध हुने भन्दै अस्पतालमा भएको शøया र जनशक्तिको अनुपातमा बिरामीको बढ्दो चाप रहेकाले बिरामीलाई एक्स–रेलगायतका सेवा लिँदा लाइनमा बस्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

अस्पतालको स्तरोन्नतिको विकल्प नभएको भन्दै मेडिकल सुपरिन्टेन्डेन्ट सापकोटाले भन्नुभयो, “अस्पतालको स्तरोन्नति बिनायथास्थितिमा सेवाशुल्क वृद्धि गर्नुको विकल्प अस्पतालसँग छैन, स्तरोन्नति नभए सेवाशुल्क वृद्धि गर्नैपर्ने अवस्था आउँछ ।”

उहाँले अनावश्यक दबाब दिएर चिकित्सकलाई हतोत्साहित गर्ने कार्य नगर्न आग्रह गर्दै चिकित्सकको अभावमा भिडियो एक्स–रे सेवा बिरामीको चापअनुसार दिन नसकेको बताउनुभयो । अस्पतालमा स्थायी चिकित्सकको दरबन्दी ११ जना रहेकोमा हाल तीन जना अध्ययन बिदामा र एक जना चितवनस्थित अस्पतालमा रहेकाले बाँकी सात जना र अस्पताल विकास समितिमार्फत करारमा रहेका १२ जना गरी १९ जनाले सेवा दिँदै आएका छन् । 

गत जेठ १ गतेदेखि २७ गतेसम्ममा अस्पतालबाट दाँत, इमर्जेन्सी, नाक, कान, घाँटीलगायतका सेवा लिनेको सङ्ख्या १२ हजार ८५८ पुगेको अस्पतालले जनाएको छ । गत वर्ष जेठ महिनामा सर्जरी, कोभिड–१९ लगायतका छ हजार ७८७ जना बिरामीले सेवा लिएका थिए ।