समूह चरणमा तीनै खेल जितेपछि स्पेनलाई युरोपेली च्याम्पियनसिप–२०२४ को प्रमुख उपाधि दाबेदार मानिएको छ । आफ्नो यस छविलाई कायम राख्न क्वाटरफाइनलमा पुग्न स्पनेले आइतबार नवप्रवेशी जर्जियाको सामना गर्ने छ । जर्जिया समूह चरणको अन्तिम खेलमा पोर्चुगल जस्तो ठुलो टिमलाई हराएर नकआउटमा पुगेको हो । जर्जिया स्पेनविरुद्धको खेलमा अर्को स्तब्धकारी नतिजा निकाल्ने आशामा छ । यद्यपि समूह चरणमा गत विजेता इटालीलाई पनि हराएको स्पेनले प्रिक्वाटरफाइनलमा सहज प्रतिद्वन्द्वी पाएको छभन्दा फरक पर्दैन । गत वर्ष स्पेनले छनोट चरणमा जर्जियालाई दुई पटक सजिलै हराएको थियो । एक खेलमा स्पेनले जर्जियालाई ७–१ ले हराएर अपमानित गरेको थियो । जुन खेलमा गोल गरेर स्पेनका लामिने यमाल युरो छनोटमा सबभन्दा कान्छो गोलकर्ता बन्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र वाटर कलर सोसाइटीको सहआयोजनामा आमश्रमजीव कृषकमा समर्पित ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनीको विशेष महत्व रहेको बताउनुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि साधक, साधना र साध्यको गठजोड हुनुपर्ने धारणा राख्दै त्यस अर्थमा किसान जलरङ कार्यशाला राखिएको बताउनुभयो । कृषकप्रति सम्मान, कृषि पेसाप्रति उत्साह, जागरण ल्याउनुपर्ने वर्तमान परिस्थिति अनुरूप नै प्रतिष्ठानले असार १५ अर्थात् धान दिवसका दिनलाई सिर्जनासँग जोड्न ‘किसान’ कला कार्यशाला तथा प्रदर्शनी गरेको हो ।
सार्वजनिक तथा सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय लाजिम्पाटमा दुई दिनसम्म चलेको सो सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलनले सुजाता विष्टको अध्यक्षतामा सात सदस्यीय नेपाल सामुदायिक पुस्तकालय सङ्घको बागमती प्रदेशस्तरीय समिति तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेल अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समितिको गठन गर्दै १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत कृषिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले शनिबार देशैभर धुमधामका साथ सो दिवस मनाएको हो । धानको उत्पादनमा वृद्धि गरी परनिरर्भरता हटाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेको हो । यो दिवसमा धान रोपाइँसँगै दही चिउरा खाने चलन छ । त्यसैले यसलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाइन्छ । नेपालका लागि धान मुख्य बाली हो । यसको उत्पादनमा सरकारले विशेष ध्यान दिएको छ तैपनि आत्मनिर्भर हुन सकेको छैन ।
कृषिप्रधान मुलुकमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २१ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । माग अनुसार उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म १२ अर्ब ४३ करोड ९१ लाख रुपियाँ बराबरको तीन लाख सात हजार ४१७ मेट्रिक टन धान आयात भएको छ । यस्तै सोही अवधिमा आठ अर्ब ६९ करोड १७ लाख रुपियाँ बराबरको विभिन्न प्रकारका ८२ हजार ७९१ मेट्रिक टन चामल पनि आयात भएको छ ।
लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । गुल्मी, बागलुङ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो । तम्घास समाचारदाताका अनुसार गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मालिका गाउँपालिका–६, अर्जै कडेलपाटाका भेषबहादुर कामीको घरमाथिबाट ढुङ्गासहित लेदो पहिरो खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको जनाएको छ । दुईतले जस्ताले छाएको घर पुरिँदा घरमा रहेका सबैको मृत्यु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । असार १६ देखि २० गतेसम्म राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि आउने सुनिश्चित भइसकेको सो पार्टीले जनाएको छ ।
आकाशे पानी कुर्नपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् । अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष नेतृत्वको टोली शनिबार महोत्तरी सदरमुकाममा रहेको प्रसिद्ध जलेश्वरनाथ मन्दिरको दर्शन गरी नेपालकै जेठो मानिने विद्यालयको अवलोकन गर्नुभएको छ ।
जङ्गलमा पाइने एक प्रकारको च्याउ प्रजाति फुट्की खोज्ने सिजन सुरु भएको छ । मनसुनको सुरुवाती वर्षात्पछि तराईका जङ्गलमा फुट्की उम्रिने गर्दछ । यो एक प्रकारको च्याउ प्रजाति हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र लोभ्याउने सुन्दर खेल भएको बताउँदै ७५३ वटै पालिकामा त्यसका लागि खेल मैदान बनाउनु पर्ने बताउनुभएको छ ।
आज देशभर असार १५ अर्थात धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा देशभर धान रोपेर यो दिवस मनाइएको छ । सिँचाइको सहज पहुँच र आकाशे पानी परेको ठाउँमा धान दिवस भव्यरुपमा मनाइएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ।