गोरखा तर्फको गण्डकी गाउँपालिका–६ दुर्बुङ नजिकै त्रिशूली नदीमा एक वृद्धको शव फेला परेको छ । फेला परेको शव धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ का ७१ वर्षीय नुर बहादुर विश्वकर्माको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ ।
जङ्गली च्याउ खाएर मकवानपुरको बकैया गाउँपालिका ११ स्थित सिमलट्वाकका दुई जना बिरामी भएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवम् उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका बालविवाह मुक्त वडा घोषणा भएको छ । वडा पालिकाले आफ्नो विभिन्न तयारीका साथ वडा घोषणा गरेको हो ।
सङ्घीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ ।
युवा पुस्तामा भेप र हुक्काको बढ्दो लतले क्यान्सरको जोखिम बढ्दै गएकोप्रति स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
नवलपुरमा धान रोपाइँ सुरु भएको छ । असारको दोस्रो साताबाट जिल्लाका विभिन्न ठाउँमा धान रोपाइँ सुरु गरिएको हो ।
राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।
गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कृष्णपुर नगरपालिका-२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कृषि उत्पादन बढाउन सरकारले आधुनिक कृषि यन्त्रको पहुँच बढाउनुका साथै सिँचाइ र मल खाद्यको उचित व्यवस्था गर्ने बताउनुभएको छ ।
झापाको दमकमा सिटी सफारीको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा २ बर्षीया छोरीको मृत्यु भएको छ ।
सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।