उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन अटेरी गर्ने राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगलाई मौज्दात प्रमाणित गर्न तेस्रो पटक पत्र काटेर ताकिता गरिएको छ । यसअघि दुई पटक पत्र काटेर उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन जानकारी गराउँदा उद्योगहरूले मौज्दात प्रमाणित नगराई अटेरी गरेकाले तेस्रो पटक पत्र काटेर ताकिता गरिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ ।
शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गर्नुभएको छ । शिखर नगरपालिकाको कृषि शाखाले उहाँको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो । त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पाटनमा पाइने जडीबुटी यार्चागुम्बालाई प्रत्यक्ष असर पारेको छ । विगतमा पर्याप्त पाइने जडीबुटी यार्चागुम्बा लोप हुन थालेको छ । मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको उत्तरी भेगमा पाउने यार्चागुम्बा पछिल्लो पटक हिमाली भेगमा हिउँ कम पर्न थालेपछि लोप हुन थालेको स्थानीय पाल्जु लामाले बताउनुभयो । मुगुमकार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पर्ने सानोकोइकी, ठुलोकुइकी, रिउगाड, च्याप्ने र छापाखोलामा जेठदेखि असारसम्म यार्चागुम्बा टिप्ने गरिन्छ । समुद्री सतहबाट करिब तीन हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्चागुम्बा पाइन्छ ।
नेपाल सरकारको नीति तथा मापदण्डको अधीनमा रही गाँजा खेतीलाई औषधीजन्य प्रयोजनका लागि व्यावसायिक खेती प्रवर्धनका लागि सहिदभूमि गाउँपालिकाले आफ्नो आगामी वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा गाँजा खेतीलाई समावेश गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीका आधारमा सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कर्णालीका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीका आधारमा नतिजा प्रकाशन हुँदा प्रदेशभर आधाभन्दा बढी अर्थात् ५९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस प्रदेशबाट एसइई दिएका ३५ हजार ४४६ विद्यार्थीमध्ये १४ हजार ६५४ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार २० हजार ७७९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । यो वर्ष प्रदेशभरबाट ४१.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।
गाई फार्म सञ्चालनका लागि १५ वर्षअघि दिएको भीमेश्वर नगरपालिका–८ को १६ हेक्टर जग्गा फिर्ता भएको छ । २०६६ माघ १४ गते दक्षिण एसियाकै ठुलो गाई फार्म सञ्चालन गर्ने भन्दै भीमेश्वर नगरपालिका–८ र ९ (तत्कालीन बोच र लाकुरीडाँडा गाविस) का छ वटा सामुदायिक वनसँग कालिञ्चोक गाई फार्म तथा रिसर्च सेन्टरले सम्झौता गरेको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन वृद्धिमा जोड दिँदै असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’ मनाउन थालिएको छ । कृषि कर्ममा लागेकाहरूलाई असार ज्यादै बेफुर्सदिलो महिना हो । प्रचलित मान्यता अनुसार, पकाएर खानसमेत फुर्सद नमिल्ने भएकाले ‘दही–चिउरा’ खाएर रोपाइँ कर्मलाई प्राथमिकतामा राखिने परम्पराले केही समययता उत्सवको रूप लिएको विदित हुन्छ । मानो रोपेर मुरी उब्जाउने कर्म फुर्सदमा गरौँला भनेर हुने होइन । मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्न हतारो ग
नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष र सदस्यको पद रिक्त भएपछि सोका लागि नाम सिफारिस गर्न विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सिफारिस समिति गठन भइसकेको छ । केही समयअघि स्थापित गरिएको नयाँ पद्धति अनुसार नै यो समितिले पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी सिफारिस गर्ने प्रयोजनका लागि सिफारिस समितिले आफूले अपनाउने कार्यविधि तयार गरेको पाइएको छ ।
मान्छे स्वभावैले जिज्ञासु प्राणी हुन्छ । उसलाई नयाँ भूगोल घुम्ने, नयाँ मान्छेसँग भेट्ने, नयाँ सामाजिक रहनसहनमा घुलमिल हुने रहर हुन्छ । यी सबै रहर एक ठाउँमा बसेर पूरा हुँदैनन्, त्यसका लागि फरक फरक ठाउँमा जानुपर्ने हुन्छ । यसरी केही दिनका लागि कामले भन्दा पनि यत्तिकै रहरले आउने जाने पर्यटक हुन् । नेपाल पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ हो किनभने यहाँ केही घण्टाको यात्रामा गर्मी र समथर भूगोलबाट चिसो र अग्लो पहाडमा जान सकिन्छ । नेपालको भूगोलले मात्र पर्यटनको सम्भावना बोक्दैन, यहाँको बहुआयामिक धर्म, संस्कृति, वेशभूषा र रहनसहनले पनि उत्तिकै सम्भावना बोक्छ ।
लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ ।
सम्भवतः आलोचना कसैलाई मन पर्दैन । व्यङ्ग्य सबैलाई बिझाउँछ । प्रायः मान्छे आलोचनासँग तर्कने र भाग्ने गर्छन् । व्यङ्ग्यलाई व्यङ्ग्य गरिएकाले निको ठान्दैनन् ठान्छन् । आलोचना र व्यङ्ग्य प्रक्षेपित मान्छेहरूको अरुचिकर विषय हो । तथापि समाजमा क्रियापछि प्रतिक्रिया विभिन्न रूप र सन्दर्भमा प्रकट हुन्छन् । व्यङ्ग्यलाई स्वाद मानेर सुन्ने लेख्ने पढ्नेहरू पनि हुन्छन् । कसैले प्रतिक्रियालाई समर्थन गरेर सघाउँछन् भने कसैले आलोचना र व्यङ्ग्यमार्फत विरोध र असन्तोषमा प्रतिक्रिया गर्छन् । मूलतः व्यङ्ग्य र आलोचना जे भने पनि त्यसको अपेक्षा सुधारका लागि र कमजोरी औँल्याउन गरिन्छ ।
एसइईको नतिजा सार्वजनिक भएको छ । औसत रूपमा विगतका नतिजाको समवर्ती भएर यो नतिजा आएको छ । शिक्षाको क्षेत्रमा सबैभन्दा व्यग्र प्रतीक्षा हुने, सर्वाधिक विद्यार्थी सहभागी हुने, गहिरो ढङ्गले विश्लेषण अनि चर्चा हुने भनेको एसइईको नतिजा नै हो । कतिपय विश्लेषक एसइईको नतिजालाई सिँगो देशको शैक्षिक अवस्था चित्रण गर्ने मानकका रूपमा लिन्छन् । जे होस् शिक्षा क्षेत्रमा एसइई उत्सव मात्रै नभएर महोत्सव नै हो । एसइईले सारा देशको ध्यान एकत्रित गरिरहेको हुन्छ ।
संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।