डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।
अरुण गाउँपालिका-३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिवार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।
अहिलेसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ ।
सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित हुनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषक आइतबार दिउँसो आलु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।
नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो । फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।
मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन्।
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगाबाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज १ को निर्माणस्थल ।
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
कुशल फार्मेसी अभ्यासका लागि युवाहरुको सक्रियतामा काठमाडौं विश्वविद्यालयमा जिपेड कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।
पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।
जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उदघाटन गर्नुभएको हो ।
ताप्लेजुङमा पहिरोमा परी घाइते भएका एक वृद्धलाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारमा लगिएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई हेलिकप्टरमार्फत उपचारका लागि विराटनगर लगिएको छ।