सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र भएकाले मनोरञ्जन मात्र नभई सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताउनुभएको छ । मन्त्री शर्माले पछिल्लो समय हामीले जुन ढङ्गले चलचित्रको विकास गर्ने भन्ने नीति लिएका छौँ त्यसलाई कसरी परिणाममा पु¥याउने भन्ने हाम्रो मुख्य चुनौती र कार्यभार भएको बताउनुभयो । सरकारका प्रवक्ता शर्माले चलचित्र विकास बोर्डले २४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
हङकङमा बस्दै आउनुभएकी बागलुङकी कवि जुनु रानाको प्रथम कविताकृति ‘रातो नदी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सो कृतिको शनिबार सार्वजनिक गर्नुभएको हो । पूर्वकुलपति काइँलाले चेतनालाई पक्रेर कविता लेखिरहेका कविका कवितामाथि चल्तीका भनिएका समालोचकको आँखा नपुगेको बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौँमा आयोजना भएको महासङ्घको नवौँ, १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
दाङ, असार १७ गते । दाङको घोराही उपमहानगरपालिका १४ स्थित लोहासुरबाट सोमबार बिहान देखिएको इन्द्रेणी र बोटबिरुवाको हरियाली । तस्बिरः रासस
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ । श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर फलोअफ गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबिच पुरस्कृत हुनेहरू एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आउनुभएका चन्द्रप्रसाद बस्नेत पुरस्कृत हुनुभएको छ । त्यस्तै जनही ७५ हजार रुपियाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद सङ्ग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा पुरस्कृत हुनुभएको हो । उहाँहरूलाई श्रममन्त्री डोलप्रसाद अर्यालले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले हवाई सुरक्षा जोखिमको कारण देखाउँदै अहिलेकै अवस्थामा नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण गर्न नसकिने जनाएका छन् । एक साताअघि सञ्चालनमा आएको भक्तपुर सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकस्थित हेलिपोर्टमा हवाई सुरक्षासम्बन्धी कारण देखाउँदै आइतबार ४७ जना हेलिकोप्टर पाइलटले संयुक्त रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल गठन भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट एक/एक जना सदस्य रहेको कार्यदल आइतबार गठन भएको हो ।
बाँकेको जङ्गलतिर अहिले फुट्की च्याउ खोज्न जाने स्थानीयहरुको भीड लाग्नेगरेको छ । पानी परेपछि फुट्की खोज्न जङ्गलतिर जाने स्थानीयको भीड लाग्ने गरेको छ ।
इलाका प्रशासन कार्यालय टीकापुरको सेवा आइतबार दिनभर प्रभावित भएको छ । कार्यालयतिर आपूर्ति हुने ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत आपूर्ति बन्द भएको छ ।
मधेश प्रदेश सरकारका चार दलहरुले बजेट पुनर्लेखनको तथा संसदीय छानवीन समिति गठनका लागि मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ।
काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ।
मकवानपुरको बकैया गाउँपालिका –३ स्थित लोहजर खोलामा स्थानीय एक वृद्धको डुबेर मृत्यु भएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँडेका ७१ वर्षीय भीमबहादुर लुङ्वा माछा मार्न गएका बेला लोहजर खोलामा डुबी मृत अवस्थामा फेला परेका हुन् ।