उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको हो ।
काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले एक किलो दुई सय ४७ ग्राम ७६ मिलिग्रामसहित तानजेनियन नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाममा यस वर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ ।
नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरूको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरूलाई आवश्यक रहेको बताउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण सुरु गरेको हो ।
गुल्मीमा गत वर्षको तुलनमा यस वर्ष लिची उत्पादनमा कमी आएको छ ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताउनुभएको छ ।
फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थी हरूले आइतबार सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।
दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको आइतबार घोषणा गर्नुभएको छ ।
बाँकेका पत्रकार डा. डक्तप्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा. धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।
नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।